Higher Institutions and Secondary Schools’ Association Nepal

Trade Tower Nepal , Thapathali, Kathmandu, Nepal

Tel: 01-5111099

Email:hissannepal@gmail.com / hissancc@gmail.com

URL: www.hissanktm.org.np

Opening Ceremony
Activity
Interaction Program
New District Executive Committee
Dashain Greeting

message from central chairperson

I am pleased that HISSAN Kathmandu District Committee is launching a website of its own to provide information to concerned stakeholders. HISSAN is a professional association established in 1996. It is a common platform of all privately funded  secondary schools & College affiliated with N ...

Ramesh Kumar Silwal

Ramesh Kumar Silwal
Central Chairman
HISSAN

About Us

उच्च माध्यमिक विद्यालय संघ नेपाल (HISSAN), उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) बाट सम्बन्धन प्राप्त गरी निजी श्रोतबाट सञ्चालनमा रहेको उच्च माध्यमिक विद्यालयहरुको राष्ट्रियस्तरको एक साझा संस्था हो । संघले उ.मा.विद्यालयहरु बिच आपसी मित्रता, सद्भाव र सहयोग अभिवृद्धि गर्दै, उच्च माध्यमिक स्तरको शिक्षालाई समय सापेक्ष एवं गुणस्तरीय बनाई राष्ट्रले अपेक्षा गरे अनुरुप मानबअधिकार प्रति सचेत, नैतिकवान्, अनुशासित र राष्ट्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी समाज एवं राष्ट्रको विकासमा भरपर्दाे सहयोग पु¥याउने उद्देश्य राखेको छ । नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरुप र मर्मलाई आत्मसात् गर्दै वर्तमान शैक्षिक गतिविbzhधिलाई गम्भीरतापूर्वक अबलोकन र चित्रण गरी विश्व बजार प्रति आकर्षित नेपाली जनमानसलाई राष्ट्रको शिक्षा पद्धतिभित्रै समेटी आफ्नो संस्कृति र परिवेश अनुरुप, समतामुलक, समावेशी, समयानुकुल प्रभावकारी, गतिशील र उपलब्धिमुलक बनाउदै लैजाने समेत लक्ष्य लिई उच्च माध्यमिक विद्यालय संघ (HISSAN) नेपाल को स्थापना गरीएको हो ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल २०५२ सालमा स्थापना भई २०५३/०८/११ मा विधिवत् दर्ता भई स्विकृति प्राप्त एक पेशागत संगठन हो । उच्च माध्यमिक विद्यालय संघ (HISSAN) नेपाल को पहिलो कार्यसमिति, चयन २०५३ सालमा भएको थियो भने २०५६ सालमा दोस्रो र २०५९ सालमा तेस्स्रो राष्ट्रिय अधिवेशन सम्पन्न भई नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । संघको कार्यसमितिको निर्वाचन २०६२ सालमा सम्पन्न हुनुपर्ने भएता पनि उच्च माध्यमिक विद्यालयहरूको संख्यात्मक वृद्धी तथा संगठनलाई विस्तार गर्न आवश्यक महसुस भई २०६३ सालमा सोही कार्यसमितिलाई पुनगठन गरी राष्ट्रिय महाधिवेशन गर्न जिम्मेवारी दिएअनुसार साथै २०६५ सालमा संघको चौथो राष्ट्रिय महाधिवेशन भव्यताका साथ काठमाडौमा सम्पन्न भएको थियो । चौथो राष्ट्रिय महाधिवेशनले संघको विधानको पहिलो संशोधन पारित ग¥यो । उक्त, विधान पारीत भएपछी संध निजीक्षेत्रबाट सञ्चालित उ.मा.वि.हरुको मात्र एक राष्ट्रिय संगठनका रुपमा पहिचान दिदै संघको जिल्ला शाखाहरु समेत गठन गर्न मार्ग प्रस्तुत ग¥यो । चौथो राष्ट्रिय महाधिवेशन वाट गठित समितिले संघलाई नयाँ पहिचान र उचाई दिने मात्र काम गरेन, यसले नेपालको सम्पूर्ण निजी शिक्षण संस्थाहरुलाई एकै थलोमा एकिकृत गर्ने महत्वपूर्ण निर्णय समेत ग¥यो ।

२०६८ पौषमा उ.मा.वि. संघको पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौमा भव्यताका साथ सम्पन्न भयो । उक्त पाँचौ राष्ट्रिय महाधिबेशनले संघको विधानको दोस्रो संसोधन गर्नुको साथै ४७ सदस्यीय कार्यसमितिको चयन ग¥यो । उक्त अधिवेशनले उच्च माध्यमिक तहको शिक्षाको सम्वन्धमा देखिएका समस्या र चुनौतीको विषयमा गम्भिर छलफल गरि एक काठमाडौ घोषणा पत्र समेत जारी गरेको छ ।